एपीएफ फाइनल प्रवेशमा एसियन पेन्ट्सद्वारा एक लाख प्रोत्साहन


काठमाडौँ । एसियन पेन्ट्स नेपालले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली प्रतिनिधि एपीएफ महिला फुटबल टोलीलाई १ लाख रुपियाँ प्रदान गर्ने भएको छ ।

टोलीको मनोबल वृद्धि तथा खेलकुदको उत्थानमा योगदान पुर्‍याउने उद्देश्यले एपीएफ टोलीले फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गर्ने र प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार रुपैया प्रदान गर्ने जानकारी गराएको छ ।

मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिमहरू सहभागी छन् । प्रतियोगितामा कुल ११ खेल हुनेछन् भने प्रत्येक टोलीले लिग चरणमा ४ खेल खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।