काठमाडौँ । आर्थिक वर्ष २०८१–८२ को अत्यसम्ममा कुल ९५ अर्ब ९५ करोड रुपैयाँ कर बक्यौता रहेको छ । आन्तरिक राजश्व विभागका अनुसार ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी रकम ९४ अर्ब ९५ करोड पुगेको हो ।
विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुगेको छ ।
अघिल्लो बर्षमा वक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड असुली भएको छ । यो प्रगति लक्ष्यको ३८.२९ प्रतिशत हो भने मू.अ.करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड रुपैयाँ असुली गरिएको छ । जुन लक्ष्यको ६३.२८ प्रतिशत हो ।
वक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड उठेको छ । जुन प्रगती लक्ष्यको ७८.१ प्रतिशत हो भने मूल्य अभिवृद्धि करतर्फ भने १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड रुपैयाँ समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरीक राजस्व विभागले जनाएको छ ।
कानूनी कारवाहीमार्फत असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड रुपैयाँ तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड रुपैयाँ मात्र असुली भएको छ । जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो ।
आर्थिक वर्ष २०८१-०८२ का लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७ खर्व १ अर्व ५३ करोड रुपैयाँ लक्ष्य तोकिएको थियो । विभागवाट यस आर्थिक वर्षमा जम्मा ५ खर्व ८३ अर्व ८२ करोड रुपैयाँ राजस्व संकलन भई लक्ष्यको तुलनामा ८३.२२ प्रतिशत प्रगति हासिल भएको छ ।
आयकरतर्फ ३ खर्व ९० अर्व ७० करोड लक्ष्य तोकिएकोमा २ खर्व ९२ अर्व ५९ करोड रुपैयाँ संकलन भएको छ । संकलन हुन गई लक्ष्यको तुलनामा ७४.८८ प्रतिशत प्रगति भएको छ ।
यस्तै, मूल्य अभिवृद्धि करतर्फ १ खर्व ६४ अर्व ३६ करोड रुपैयाँ लक्ष्य निर्धारण भएकोमा १ खर्व ४६ अर्व ८७ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको तुलनामा ८९.३५ प्रतिशत प्रगति भएको देखिन्छ ।
यस्तै, अन्तःशुल्कतर्फ १ खर्व ३२ अर्व ४० करोड रुपैयाँ लक्ष्य तोकिएकोमा १ खर्व २२ अर्व ३ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको तुलनामा ९२.१६ प्रतिशत प्रगति भएको देखिन्छ । स्वास्थ्य सेवा कर (स्वास्थ्य सेवा जोखिम करतर्फ ९ अर्व ४० करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ६ अर्व ६४ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको तुलनामा ७०.६३ प्रतिशत प्रगति भएको देखिन्छ ।
यस्तै, शिक्षा सेवा शुल्क तर्फ ३ अर्व ९८ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्व ६१ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको तुलनामा ९०.७० प्रतिशत प्रगति भएको देखिन्छ ।
यसैगरी, अन्य शुल्क तर्फ ६७ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा १ अर्व २१ करोड रुपैयाँ संकलन भएको छ । आ.व २०८१-०८२ मा भन्सार विभागले दिएको तथ्याङ्क अनुसार पैठारी तर्फ मू.अ.कर र अन्तःशुल्क क्रमशः २ खर्व ८१ करोड रुपैयाँ र ४६ अर्व ३९ करोड रुपैयाँ संकलन भएको छ ।












प्रतिक्रिया