स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने


काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो।

लघुवित्तले पुस २५ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्सालमा बिहान ११ बजे २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले हाल कायम संस्थापक शेयरमध्ये ९ प्रतिशतविन्दुले हुन आउन संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको स्वतन्त्र सञ्चालक र प्रतिनिधि सञ्चालकको नियुक्ति सम्बन्धि जानकारी गराउने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १३ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।