काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
इन्स्योरेन्सले माघ ६ गते, अनमोल ब्याङ्केट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विषेश प्रस्ताव पारित गर्ने छ । यस्तै, सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, लेखापरीक्षक नियुक्त गर्ने, पारि?मिक तोक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २१ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा र लाभांश वितरण कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।












प्रतिक्रिया