४ लघुवित्तको शेयरमूल्य समायोजन


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३२५ रुपैयाँ ९५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता १ हजार ५१४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

यस्तै, छिमेक लघुवित्तले १२.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९२८ रुपैयाँ ८० पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता १ हजार ४४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता १ हजार ८८० रुपैयामा अन्तिम कारोबार भएको थियो ।

सपोर्ट लघुवित्त वित्तीयले ९.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ७२२ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता १ हजार ८८६ रुपैयामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यका आधारमा भोली दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।