एसआइसी नेपालले गर्यो डिजिटल इनोभेटरहरूको नयाँ पुस्ता निर्माण गर्ने प्रतिबद्धता


काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस (एसआइसी) नेपालले जुन २७ देखि डिसेम्बर ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको थियो।

२०२३ देखि, एसआइसीले सामसङको विश्वव्यापी सीएसआर दृष्टिकोणलाई अघि बढाउँदै युवालाई भविष्य–तयार सीपहरू प्रदान गरी नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताहरूको नयाँ पुस्ता विकास गर्न सशक्त बनाउँदै आएको छ।

कार्यक्रमका क्रममा स्नातक भएका विद्यार्थीहरूलाई उनीहरूको उपलब्धिको कदरस्वरूप प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
स्नातक भएका विद्यार्थीहरूको उपलब्धि उत्सव मनाउनुका साथै, समारोहमा एसआइसीको पाठ्यक्रमअन्तर्गत कोडिङ तथा प्रोग्रामिङ कोर्स सुरु गर्न लागेका नयाँ विद्यार्थीहरूलाई पनि स्वागत गरिएको थियो । यस पाठ्यक्रमले उन्नत प्रविधि तालिमलाई आवश्यक सफ्ट स्किल्ससँग समेट्दै डिजिटल साक्षरता, सिर्जनशीलता, समस्या समाधान क्षमता तथा रोजगारीयोग्यता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले भने, “सामसङमा हामी युवालाई नेपालको भविष्यको नवप्रवर्तनको प्रमुख प्रेरक शक्तिका रूपमा हेर्छौं । उनीहरूलाई भविष्य तयार सीपले सुसज्जित गर्नु केवल शिक्षामा सीमित विषय होइन, यो देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो । एआई तथा बिग डेटा कार्यक्रमका स्नातकहरूको उपलब्धि उत्सव मनाइरहँदा, हामी कोडिङ र समस्या समाधानमार्फत नेपालको डिजिटल क्षमतालाई थप सुदृढ बनाउने अर्को पुस्ताका शिक्षार्थीहरूलाई पनि समान रूपमा विकास गर्न प्रतिबद्ध छौं । सामसङ इनोभेसन क्याम्पसमार्फत, हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न, नवप्रवर्तन गर्न र अर्थपूर्ण योगदान दिन युवालाई सशक्त बनाउने हाम्रो प्रतिबद्धता कायम राख्छौं, ।”

यस कार्यक्रमको उद्देश्य युवापुस्तालाई भविष्य तयार सीपहरूले सुसज्जित गर्नुका साथै नेपालमा सशक्त नवप्रवर्तन इकोसिस्टम निर्माणमा योगदान पुर्‍याउनु हो । सुदृढ शैक्षिक आधारमा आधारित यस पाठ्यक्रमअन्तर्गत सहभागी हुनका लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङमा आधारभूत ज्ञान आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

पुल्चोक क्याम्पसमा आयोजित प्रमाणपत्र वितरण समारोहमा प्राडा खड्ग केसी, रेक्टरस डा सञ्जय उप्रेती, क्याम्पस प्रमुख, पुल्चोक क्याम्पसस तथा डा सुशील बी बज्राचार्य, डिन, इन्स्टिच्युट अफ इन्जिनियरिङको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।