सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेच्युअल नन-क्युमुलेटिभ प्रेफरेन्स) शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । कम्पनीले ३ करोड ५० लाख कित्ता यस्तो सेयर निष्कासनका लागि अनुमति पाएको हो । बैंकका संस्थापक सेयरधनीले मात्रै यस्तो सेयर खरिद गर्न पाउँछन् ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अंकित मूल्य १ सयमा जारी हुनेछ ।बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको छ ।

यसको नाम ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ रहेको छ । यसअघि नबिल बैंक, एनएमबी बैंक तथा कामना सेवा विकास बैंकले यस्तो सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृत पाएका छन् । एसबीएल अविमोच्य अग्राधिकार सेयरको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

 

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।