रसुवा नाका खुलेको एक हप्ता नबित्दै करिब २ करोड राजस्व संकलन, लयमा फर्कँदै व्यापार


काठमाडौँ । बाढीका कारण विगत ६ महिनादेखि बन्द रहेको रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै व्यापारिक गतिविधिले तिव्रता पाएको छ । नाका खुलेको एक साता नपुग्दै भन्सार कार्यालयले करिब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत बिहीबारदेखि नाका खुलेपछि बुधबारसम्म चीनबाट १७३ वटा कन्टेनर सामान नेपाल भित्रिसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रवक्ता ठाकुर गौतमका अनुसार आयातसँगै निर्यात पनि सुरु भएको छ । बुधबारसम्ममा १३ वटा कन्टेनर मार्फत नेपालबाट वस्तु तथा सामान चीनतर्फ निर्यात भएका छन् ।

रसुवा भन्सारका अनुसार, यस अवधिमा ४९ वटा विद्युतीय गाडी समेत नेपाल आयात भएका छन् । यी समग्र वस्तुको जाँचपास र भन्सार प्रक्रियाबाट राज्यलाई करिब २ अर्ब राजस्व प्राप्त भएको हो । नियमित सामान ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक तथा डिब्बाहरू ६ महिनापछि बिहीबारदेखि समान लिइ नेपालतर्फ आउन सुरु गरेको भन्सार कार्यालयले जनाएको छ । पहिलो दिन (बिहीबार) रसुवागढीमा रहेका २८ वटा मालवाहक डिब्बा सामान लिनेक्रममा केरुङतर्फ गएको थियो ।

यसअघि रसुवागढी नाका बन्द हुँदा आयातकर्ताले ठूलो सास्ती खेप्नु परेको थियो भने बजारमा चिनियाँ समानको मूल्यवृद्धि हुँदा उपभोक्ता पनि मारमा परेका थिए । गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकास्थित पक्की पुल बगाएपछि दुईतर्फी आवतजावत ठप्प हुँदै आएको थियो । नियमित सामान ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक तथा डिब्बाहरू ६ महिनापछि बिहीबारदेखि समान लिइ नेपालतर्फ आउन सुरु गरेको भन्सार कार्यालयले जनाएको छ । पहिलो दिन (बिहीबार) रसुवागढीमा रहेका २८ वटा मालवाहक डिब्बा सामान लिनेक्रममा केरुङतर्फ गएको थियो ।

नियमित सामान ढुवानीका क्रममा केरुङमा अड्केका मालवाहक ट्रक तथा डिब्बाहरू ६ महिनापछि बिहीबारदेखि समान लिइ नेपालतर्फ आउन सुरु गरेको भन्सार कार्यालयले जनाएको छ ।

बाढीले दुई देशलाई जोड्ने मितेरीपुल बगाउनुका साथै नेपालतर्फको सडकमा पनि क्षति पुगेको थियो । ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो । रसुवा र तातोपानी नाका लामो समय बन्द हुँदा दसैँ–तिहारका लागि खरिद गरिएका अर्बौं रुपैयाँ बराबरका सामग्री चीनमा नै रोकिएका थिए । जसको कारण नेपाली व्यवसायीहरूले ठुलो आर्थिक संकट भोग्नु परेको रसुवा भन्सार कार्यालयका अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।

चीनतर्फको मुख्य नाका नै पूर्ण रुपमा बन्द हुँदा आयात–निर्यात दुबैमा राज्यले घाटा व्यहोर्नुपरेको थियो । रसुवा नाकाबाट मात्रै वर्षेनी अर्बौको सामान आयात निर्यात हुने गरेको थियो । बाढीका कारण पुल बगाउनुका साथै भन्सार जाँचपासको क्रममा यार्डमा राखेको सबै सामान समेत बगाएको थियो । जसका कारण आयात न्यून भएको हो । यसअघि चिनियाँ पक्षले कात्तिकको अन्तिम सातामा पुल निर्माण गरिसक्ने अनुमान गरेको भए पनि डेढ महिना ढिला गरी निर्माण सम्पन्न भएको हो ।

रसुवागढीस्थित बेलीब्रिज सञ्चालनमा आएसँगै चिनियाँ सामान नेपाल भित्र्याउन सहज भएको र स्थानीय बजारसँगै सडक क्षेत्रमा चहलपहल पनि बढेको भट्टराईले जानकारी दिए ।

चिनियाँ सरकारले प्राथमिकतामा राखेको रसुवागढी नाका काठमाडौँबाट पृथ्वी राजमार्गको गल्छी हुँदै रसुवागढीसम्मको दूरी १४८ किमी रहेको छ । लामो समयदेखि सो अन्तरराष्ट्रिय नाका अवरुद्ध हुँदा चिनियाँ सामग्री नेपाल ल्याउन कठिन भएको थियो । रसुवागढीस्थित बेलीब्रिज सञ्चालनमा आएसँगै चिनियाँ सामान नेपाल भित्र्याउन सहज भएको र स्थानीय बजारसँगै सडक क्षेत्रमा चहलपहल पनि बढेको भट्टराईले जानकारी दिए । नाका सञ्चालनका लागि अस्थायी बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिजमा भने ४९ मेट्रिक टन भन्दा माथि तौल भएका र करिब ४.५ मिटर भन्दा बढी उचाइमा सामानहरु ल्याउन मिल्दैन ।

नेपाल–चीनबीच हुने कुल व्यापारको ७० प्रतिशत हिस्सा ओगट्ने रसुवागढी नाका सञ्चालनमा आएसँगै नेपाली बजारमा सामानको आपूर्ति सहज हुने र आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।