काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ । विभिन्न नेटवर्कमा आबद्ध क्युआर मर्चेन्टहरुलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट एमबीएलस्मार्ट कर्जा सेवाको सुरुवात गरेको हो ।
डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्यु आर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एमबीइल एम–स्मार्ट एप मार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।










प्रतिक्रिया