काठमाडौँ । एशियन लाइफ इस्योरेन्स कम्पनीको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५.५२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनकिो आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।










प्रतिक्रिया