अनर एक्स ९ डी प्रि–बुकिङ अफर : स्मार्टफोन किन्दै दिपल कार जित्ने अवसर


काठमाडौँ । अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स नाइन डी को सफल सार्वजनिकरण गरेको छ। मजबुती, शक्तिशाली प्रदर्शन र विश्वसनीयतालाई प्राथमिकतामा राखी डिजाइन गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। अनर एक्स ९ डी मा २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ५९ के रेटिङ, ८ हजार ३ सय मिलिएम्पियर आवर क्षमताको ब्याट्री तथा १ सय ८ मेगापिक्सेल क्यामेरा जस्ता विशेषता समावेश छन् ।

यो स्मार्टफोन ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज सहित ५४ हजार ९ सय ५९ तथा १२ जिबी र्‍याम र २५६ जिबी स्टोरेज सहित ५९ हजार ९ सय ५९ मूल्यमा उपलब्ध हुनेछ। सन् २०२६ जनवरी २३ देखि २८ सम्मको प्रि–बुकिङ अवधिमा ग्राहकहरूले १५ हजार ९ सय ५९ बराबरको अनर चोइस वाच टू प्रो निःशुल्क तथा २० हजार बराबरको १ वर्षे सेवा सुविधा पाउनेछन्। साथै, एक जना भाग्यशाली ग्राहकले ५८ लाख ५९ हजार ९ सय ५९ मूल्यको दिपल एस ०५ कार जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।