काठमाडौँ । वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत बढेको हो ।
चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चनलु आवको पुस मसान्तसम्म २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेसँगै समग्र नाफा साढे ११ प्रतिशत बढ्न पुगेको हो।
समिक्षा अवधिमा कुमारी बैंकको नाफा सर्वाधिक बढेको छ । गत वर्ष इम्पेरमेन्ट चार्ज घटेका कारण प्रभावित बनेको नाफा यो वर्ष ८८६.५० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २७ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
यस्तै पुस मसान्तसम्म कुमारी बैंकपछि नेपाल बैंकको नाफा सर्वाधिक बढेको छ । पुससम्म कुमारी बैंकको नाफा १८३.०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको नाफा १५०.२० प्रतिशतले बढेर १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको १३२.०४ प्रतिशतले बढेको छ भने समिक्षा अवधिमा एभरेष्ट बैंकको नाफा सबैभन्दा कम (२.०४) वृद्धि भएको छ ।
यता, चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा नबिल बैंक लिमिटेडले सबैभन्दा बढी नाफा कमाएको छ । सो बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो । गत आर्थिक वर्ष बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा रहेको छ । सो बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।












प्रतिक्रिया