वीरगञ्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो


पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा सात अर्ब ६४ करोड रुपैयाँ पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड रुपैयाँको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए। जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो । चालु आवको छ महिनामा तीन अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल आयात भएको छ ।

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड रुपैयाँ पर्ने सिमी/राज्मा आयात भएको छ । चालु आवको छ महिनामा एक अर्ब १४ करोड रुपैयाँको चना आयात भएको छ ।

त्यसैगरी, एक अर्ब रुपैयाँको अन्य गेडागुडी आयात भएको छ । २७ करोड रुपैयाँ बराबर रहरको दाल र १६ करोड रुपैयाँको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख रुपैयाँका बकुल्लाको आयात भएको छ ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।