काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी फागुन ३ गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी दोहोरिन नदिन आग्रह गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले साझेदारसँग छलफल गर्दै विगतमा जस्तो कमी कमजोरी हुन नदिन आग्रह गरेकी हुन् ।
“महाशिवरात्रि पर्वमा पाशुपत क्षेत्रसहित श्रद्धालुहरूको भीड हुने शिव मन्दिरहरूको व्यवस्थापनका लागि हामीले जनशक्ति, स्रोत, साधन र उपकरणको परिचालन गरिसकेका छौँ । सरसफाइ र स्वच्छताका लागि ब्रुमर सञ्चालन गर्ने, पानी छर्किने काम थालिएका छन्”, कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “विगतदेखि सञ्चालन हुँदै आएका स्वास्थ्य शिविरलगायत कार्यक्रमलाई नियमितता दिनेछौँ । यस वर्ष पशुपति क्षेत्रमा दमकल र एम्बुलेन्स तैनाथ राख्नेछौँ । आकस्मिक स्वास्थ्य सेवा तथा विपद्जन्य अन्य प्रतिकार्यका लागि विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राख्नेछौँ । पर्व तयारीबाट थालिएको काम पर्व सञ्चालन हुँदा र सकिएपछि पनि हामी नियमित काममा नै हुनेछौँ ।”












प्रतिक्रिया