नेपाल इन्भेष्टमेण्ट मेघा बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेघा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ५३ हजार ३६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिइने छ । उक्त कित्ता सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर खरिद गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर शाखा, लाजिक्पाट काठमाडौँमा आवेदन दिन सक्ने बताइएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।