३७ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह


काठमाडौँ । विप्रेषण आप्रवाह ३७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को फागुनसम्ममा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको फागुन महिनामा १ खर्ब ८८ अर्ब ६४ विप्रेषण आप्रवाह भएको छ । गत आर्थिक वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रहेको थियो ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।