काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५.३६ अंकले घटेर २८३८.४० अंकमा पुगेको हो ।
शुक्रबार कारोबारमा आएका ३३५ कम्पनीका १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयरहरू ९६ हजार ५७३ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ अंकमा झर्दा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ पुगेको थियो ।
शुक्रबार उत्पादन तथा प्रशोधन समूह १६२.१६ अंकले बढेको बजारमा होटल तथा पर्यटन समूह ११३.३१ अंकले बढेको छ । त्यस्तै जलविद्युत समूह २७.३१, अन्य समूह ११.७४ अंकले र व्यापार समूह १.३७ अंकले बढेको छ । अन्य उपसूचकहरु सबै राताम्मे भएका छन् ।
शुक्रबारको कारोबारमा सुर्यकुण्ड हाइड्रो, होटेल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र रिग्दे लाइन इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यता, एशियन हाइड्रोपावरको सेयर मूल्य ४.५४ प्रतिशतले घटेको छ । सुपरखुदीको ४.४० प्रतिशतले, इनर्जीङ नेपालको ३.५९ प्रतिशतले, नारायणी डेभलपमेन्ट बैंकको ३.३७ प्रतिशतले र एचएलआई लार्ज क्यापको ३.०९ प्रतिशले घटेको हो ।
शुक्रबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा नेश्नल हाइड्रोपावर रहेको छ । नेश्नल हाइड्रोपावरको ६६ करोड ८६ लाख ३७ हजार रुपैयाँको सेयर किनबेच हुँदा सोलु हाइड्रोपावर ३७ करोड २६ लाख ६४ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । रिडी पावर कम्पनी ३४ करोड २ लाख ४२ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ९५ लाख २३ हजार रुपैयाँको कारोबार हुँदा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १५ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया