काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । चालू आवको नौ महिनामा नयाँ र पुनः गरेर कुल पाँच लाख ८७ हजार तीन सय ४० जना नेपाली वैदेशिक रोजगारमा गएका छन् ।
यो गत आवको यसै अवधिको तुलनामा कम हो । गत आवको यसै अवधिमा ६ लाख सात हजार आठ सय ७४ जना वैदेशिक रोजगारमा गएका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ को चैत मसान्तसम्म दुई लाख ९४ हजार ८१ जनाले वैदेशिक रोजगारीका लागि नयाँ अनुमति लिएका छन् ।
जुन अघिल्लो आवको यसै अवधिको तुलनामा भने बढी हो । गत आवको यसै अवधिमा दुई लाख ४९ हजार ६ सय ५२ जनाले श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको चैतमा २० हजार पाँच सय ४५ वटा नयाँ श्रम स्वीकृति जारी भएका छन् ।
साउनमा ४४ हजार चार सय ६६, भदौमा ४५ हजार सात सय ३२ र असोजमा ३३ हजार दुई सय ६१ जनाले नयाँ अनुमति लिएको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, कात्तिकमा २२ हजार पाँच सय १४, मंसिरमा २९ हजार ६ सय १८, पुसमा ३१ हजार सात सय ५०, माघमा ३७ हजार आठ सय १२ र फागुनमा २८ हजार तीन सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । तर, चैतमा भने २० हजार पाँच सय ४५ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । चैतमा वैदेशिक रोजगारको श्रम स्वीकृति लिने कामदारको कुल संख्या भने ६१ हजार आठ सय १९ रहेको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा युएईका लागि ११ हजार चार सय ६४, कतारका लागि आठ हजार पाँच सय ९५, साउदी अरबका लागि आठ हजार नौ सय २०, ओमानका लागि तीन सय ७६, जोर्डनका लागि १८, कुवेतका लागि एक, टर्कीका लागि ३४ जनाले पुनः श्रम स्वीकृति (नवीकरण) लिइएको छ ।
विभागका अनुसार, चालू आवको साउनमा ६८ हजार एक सय १० अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तै, वैदेशिक रोजगारीका लागि भदौमा ६७ हजार नौ सय ७२ जनाले श्रम स्वीकृति लिदा असोजमा ६४ हजार ६ सय ३४ र कात्तिकमा ७३ हजार ९४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसैगरी, मंसिरमा ६५ हजार सात सय पाँच, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन, फागुनमा ५२ हजार नौ सय ४४ र चैतमा ६१ हजार आठ सय १९ जना वैदेशिक रोजगारीमा गएका छन् ।
फागुनमा सबैभन्दा बढी मलेसियामा १२ हजार ६०१ जना, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ जना, साउदी अरेबियामा ६ हजार २२५, अमेरिकामा २३ जनाले श्रम स्वीकृति लिएर गएका थिए् ।
मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण सरकारले फागुन १७ गते मन्त्रीस्तरीय निर्णय गर्दै श्रम स्वीकृति र नवीकरण स्थगन गरेको थियो । नेपालबाट खाडि क्षेत्रमा जाने युवाको संख्या बढी छ । सरकारले तीनै खाडि मूलुक साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो ।










प्रतिक्रिया