लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बीचको युद्ध विराम थप तीन हप्ताका लागि लम्बाउने घोषणा गरेका छन् ।

राष्ट्रपतिले ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत लेबनान र इजरायली कब्जाका वार्ताकारहरू बीच ह्वाइट हाउसमा आयोजित वार्ता उपलब्धि मुलक भएको बताएका छन्।

लेबनानका राष्ट्रपति जोसेफ अउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच स्थायी शान्ति कायम गर्न छिटै बैठक हुने तयारी भई रहेको पनि ट्रम्पले पुष्टि गरेका छन् ।

ह्वाइट हाउसमा लेबनान र इजरायली कब्जा बीच दोस्रो चरणको प्रत्यक्ष वार्ताको आयोजना गरिएको थियो, जसको उद्देश्य दुई पक्षहरू बीच स्थाई शान्ति सम्झौतामा पुग्नु रहेको बताइएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।