काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेकाे छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
निगमका अनुसार, अब खाना पकाउने ग्यासको मूल्य आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ । पुरा सिलिन्डरको मूल्य भने २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।












प्रतिक्रिया