काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले यस दिन इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४५१ रुपैयाँ ७१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४७४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ।












प्रतिक्रिया