संस्थान सुधारका लागि गाभ्ने, निजीकरण र रणनीतिक साझेदारी गर्ने सरकारको नीति


काठमाडाैँ । सरकारले सार्वजनिक संस्थानहरूको सुधारका लागि गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने, रणनीतिक साझेदार तथा सेयर बिक्री गर्ने नीति लिएकाे छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो व्यवस्था अघि सारिएको जानकारी दिएका हुन् ।

सरकारको सेयर तथा ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थानहरू हाल नोक्सानमा सञ्चालन भइरहेका उल्लेख गर्दै ती संस्थानहरूको प्रभावकारी व्यवस्थापनका लागि संरचनागत सुधार आवश्यक रहेको नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।