ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन


काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ७७ हजार ५०४ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार  ०७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।