पाथीभराको भेटी १ करोड ६ लाख


ताप्लेजुङ । पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।