काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरधनीको हात खाली हुने भएको छ । लघुवित्त गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
जेठ १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।












प्रतिक्रिया