काठमाडौँ । गोडरेजले व्यवसायिक प्रयोगलाई लक्षित गर्दै नयाँ भिजी कूलर श्रृंखला नेपाली बजारमा सार्वजनिक गरेको छ।
पेय पदार्थ, दुग्धजन्य सामग्री तथा चिसोमा राख्नुपर्ने अन्य वस्तुहरूलाई सुरक्षित राख्दै आकर्षक रूपमा प्रदर्शन गर्न सकिने गरी यो कूलर डिजाइन गरिएको कम्पनीले जनाएको छ। आधुनिक प्रविधि, ऊर्जा दक्षता र प्रयोगमैत्री विशेषताहरूले युक्त यो उत्पादनले खुद्रा पसल, सुपरमार्केट तथा होटल व्यवसायीहरूलाई लक्षित गरेको बताइएको छ।
यस श्रृंखलाअन्तर्गत विभिन्न क्षमताका कूलरहरू उपलब्ध छन्, जसले साना देखि ठूला व्यवसायसम्मलाई आवश्यकताअनुसार भण्डारण गर्न सहज बनाउनेछ। कूलरमा तापको प्रभाव कम गर्ने विशेष काँच, समान रूपमा चिसो वितरण गर्ने पंखा प्रणाली, सामग्री सजिलै देखिने पारदर्शी बनावट तथा उज्यालोका लागि ऊर्जा बचत गर्ने एलईडी बत्ती जस्ता सुविधा समावेश गरिएका छन्। यसका साथै उच्च तापक्रममा पनि प्रभावकारी रूपमा काम गर्ने शक्तिशाली कम्प्रेसर, समायोजन गर्न मिल्ने तख्ता तथा दीर्घकालीन टिकाउ संरचनाले यसको उपयोगिता अझ बढाएको कम्पनीको दाबी छ।
नेपालमा सीजी इलेक्ट्रोनिक्स ले गोडरेजका उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ। कम्पनीका अनुसार नयाँ भिजी कूलर श्रृंखलाले व्यवसायिक क्षेत्रका लागि वस्तुहरूको सुरक्षित भण्डारण, आकर्षक प्रदर्शन र ऊर्जा बचतमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यो उत्पादनले बढ्दो प्रतिस्पर्धात्मक बजारमा व्यवसायीहरूलाई थप सुविधा र विश्वसनीयता प्रदान गर्ने विश्वास गरिएको छ।












प्रतिक्रिया