३३ सयले घट्यो सुनको मूल्य चाँदीमा पनि गिरावट


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार ३०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ९२ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँका किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ५ हजार ८५ रुपैयाँ रहेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुन चाँदीको मूल्य निर्धारण हुने गरेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४७१.६३ अमेरिकी डलर कायम भएको छ । यस्तै अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ७४.३५ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।