काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताको कार्यान्वयनमार्फत स्थानीय तहको सबलीकरण गर्न र ग्रामीण क्षेत्रका किसानलाई बाँदर आतङ्कसँग जुध्ने प्रविधिको विकासमा बजेट विनियोजन गर्न माग गरेका छन् ।
आजको बैठकको विशेष समयमा सांसदहरूले टयाक्सीको ‘नम्बरप्लेट’ वितरणमा भइरहेको अनियमितता रोक्न, भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराए।
श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले भूतपूर्व बेलायती गोर्खा सैनिकका सन्ततिलाई वंशजका आधारमा नेपाली नागरिकता दिन माग गरे । “वर्षौदेखि समान पेन्सन र अन्य सेवासुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक पहल गरिदिन माग गर्दछु”, उनले भने ।










प्रतिक्रिया