काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए।
सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए। चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन उनले माग गरे।
सांसद सुशील खड्काले फोहरमैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गरिनुपर्नेमा जोड दिए। कुहिने फोहरलाई मल र प्लास्टिकलाई उद्योगको कोइलाका रूपमा पुनःप्रयोग गर्न सकिने उनको सुझाव छ ।
सांसद सुषमा स्वर्णकारले विद्युत् सेवा अधिकार भएकाले विद्युत् आपूर्तिमा अवरोध नगर्न माग गरीन् । सांसद सुहाङ नेम्वाङले वर्षा सुरु हुन लागेपछि इलामका सडक भत्कने गरेकाले सुधार गर्न माग गरे । उनले इलाममा अलपत्र रहेका पुल नबन्दा पनि समस्या भएकाले छिटो निर्माण गरी जनता निर्धक्क सुत्न सक्ने गरी कवातावरण बनाउन माग गरे ।










प्रतिक्रिया