सामसङको ‘सेभिङ डेज’ अफर सार्वजनिक


काठमाडौँ । सामसङ नेपालले ‘सामसङ सेभिङ डेज’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुट तथा सहज मासिक किस्ता सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अफर आगामी मे २१ देखि जुलाई १९, २०२६ सम्म सञ्चालन हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले छनोट गरिएका वासिङ मेसिनमा २३ प्रतिशतसम्म तथा रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा पनि उपलब्ध गराइएको छ । वासिङ मेसिन खरिदमा मासिक १ हजार ३७० देखि तथा रेफ्रिजरेटर खरिदमा मासिक १ हजार ४०८ देखि किस्ता सुरु हुने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका अनुसार उक्त अफरले ग्राहकलाई न्यून मासिक किस्तामै आवश्यक होम अप्लायन्स अपग्रेड गर्न सहज बनाउनेछ । कम्पनीले गर्मीयामलाई लक्षित गर्दै ग्राहकलाई बचतसहित सहज फाइनान्स सुविधा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  ०८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।