नेपाल–भारत सहयोग अन्तर्गत अशोक लेल्याण्ड का १० वटा कैदी वाहक गाडी हस्तान्तरण


वीरगंज । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्ड का १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुबेदीद्वारा भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा भारतका महावाणिज्यदूत श्री देवी सहाय मीनाज्यूद्वारा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्ड “पार्टनर” गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित छन् । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी गाडीहरूमा आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ, जसले निगरानी तथा सुरक्षा नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।