बैंकको खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खुल्ने


काठमाडौँ। बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सरकारले पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरे ।

‘बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना गर्नेछौं’ उनले भने ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।