काठमाडौँ । एनआईसी एशिया बैंक को २८औँ वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ।
सञ्चालक समितिको प्रस्तावअनुसार आवश्यक नियामकीय स्वीकृतिपछि बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ। साथै, सभाबाट अन्य विभिन्न प्रस्तावहरू समेत पारित भएका छन्।
साधारणसभाबाट संस्थापक शेयरधनीतर्फ अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनीतर्फ आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्विरोध निर्वाचित भएका छन्।
बैंकले साधारणसभामार्फत भावी रणनीति, पुँजी सुदृढीकरण तथा सेवा विस्तारका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।










प्रतिक्रिया