तरलता व्यवस्थापनको लागि बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक



काठमाडौँ । तरलता व्यवस्थापन गर्नको लागि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ । केन्द्रिय बैंकले ५६ दिनको लागि रकम उठाउन लागेको हो ।

बैंकले बुधबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलनमा सहभागी हुन पाउँनेछन् । आज संकलन भएको रकमको साँवा तथा ब्याज भुक्तानी आउँदो साउन १३ गते हुने सुचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।