काठमाडौँ । सीआईएनए इन्टरनेसनलले बिहीबारदेखिका निर्धारित परीक्षा नियमित रुपमा सञ्चालन गर्ने भएको छ । केयरगिभरको रोकिएको अंग्रेजी भाषा परीक्षा आजदेखि हुने भएको हो।
रोकिएका परीक्षाको नयाँ मिति र समयबारे परीक्षार्थीहरूलाई व्यक्तिगत रूपमा म्यासेज मार्फत जानकारी गराउने सीआईएनए जनाएको छ।वैदेशिक रोजगार विभागले परीक्षा स्थगित नगर्न निर्देशन दिएसँगै परीक्षा हुने भएको हो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा नेपाली सहायक कामदार (केयरगिभर) पठाउन आधारभूत तहको अंग्रेजी भाषा अनिवार्य गरिएको छ । त्यसका लागि परीक्षा दिन त्रिपुरेश्वरस्थित सीआईआईएनमा पुगेका परीक्षार्थीहरूले विरोध गरेका थिए । जसले गर्दा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको सूचना जारी भएको थियो ।










प्रतिक्रिया