काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । सभाको आजको बैठकमा सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकम घटाउनेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् ।
बैठकमा सांसद गुरुप्रसाद बरालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई १ रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै माध्यामिक तह विद्यालयदेखि नै विज्ञान तथा प्रविधिमा पढाइ गर्न माग गरे । उनले विज्ञान र प्रविधि सबै ज्ञानको आधार भएकाले यसमा लगानी बढाउन सरकारको ध्यानाकर्षण गराए।
“दश जोड दुईमा विज्ञान पढाउने आधार तयार गरी विज्ञान विषय पढाउनुपर्ने जरुरी छ”, सांसद बरालले भने, “ ४ अर्बको बजेट अहिले छ, नयाँ मन्त्रालयल पनि तयार गरेको हुनाले त्यसका लागि पहल गर्नुपर्छ ।”
सांसद रमेशकुमार मल्लले विनियोजन विधेयक, २०८३ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्नेलगायत माग गरे । उनले कर्णालीबाट तीन सडकमा बजेट हालिदिने भनेर सुरुमा योजना मागेको भए पनि बजेटको किताबमा नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए।












प्रतिक्रिया