काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार आगामी असार ३१ गते बुधबार २९ औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभा बिहान ११ बजे काठमाडौँको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा भौतिक रूपमा बस्ने छ।
साधारण सभो आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि विस्तृत छलफल गरी पारित गर्ने मुख्य एजेन्डा तय गरेको छ । यसका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।
कम्पनीको भावी कार्यदिशा र व्यावसायिक नेतृत्वका लागि सञ्चालक समितिमा एक जना महिला सहित कुल सात जना नयाँ सञ्चालकहरूको निर्वाचन गर्ने विशेष प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले वार्षिक साधारण सभामा सहभागी हुने प्रयोजनका लागि आगामी असार १६ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा असार १५ गते सोमबारसम्म कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र यस साधारण सभामा भाग लिन, छलफलमा सहभागी हुन सक्ने छन् ।










प्रतिक्रिया