मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन


काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ ।

टोलीले आज काठमाडौँको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको थियो । अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठलगायत प्राविधिक तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।

अनुगमनका क्रममा सचिव पुडासैनीले निर्माण प्रगति, गुणस्तर, कार्यसम्पादन अवस्था तथा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिएका छन् ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।