सिजीको ‘क्यान यु सोल्भ द पजल’ प्रतियोगिताका विजेता बने नुवाकोटका श्याम रिजाल


काठमाडौँ । सिजी ब्रान्डले सञ्चालन गरेको ‘क्यान यु सोल्भ द पजल’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल बनेका छन्।

ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।

विजेता रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्स कार्यालयमा आयोजित कार्यक्रममा सिजी ब्रान्डका बिक्री प्रबन्धक बद्रीनाथ रायले ‘सिजी ब्रिजर २२ एयर कुलर’ हस्तान्तरण गरेका थिए।

कम्पनीका अनुसार प्रतियोगितामा ग्राहकहरूको उल्लेखनीय सहभागिताले सिजी ब्रान्डप्रतिको विश्वास र लोकप्रियतालाई थप पुष्टि गरेको छ।

सिजीले आगामी दिनमा पनि ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा उनीहरूलाई मनोरञ्जन र आकर्षक अवसर प्रदान गर्न यस्ता विभिन्न प्रतियोगिता तथा अभियान सञ्चालन गर्दै जाने जनाएको छ।

सिजीका विद्युतीय उपकरणहरू देशभर रहेका सिजी डिजिटल शोरुम तथा आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध छन्।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।