एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका एयर कुलरहरू बजारमा


काठमाडौँ । बढ्दो तापक्रम र एल निनोको प्रभावलाई मध्यनजर गर्दै सिजी ब्रान्डले उच्च कार्यक्षमताका विभिन्न मोडेलका एयर कुलर नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार उच्च गर्मी तथा विद्युत् आपूर्तिमा हुने उतारचढावलाई ध्यानमा राखेर डिजाइन गरिएका एयर कुलरले खुला तथा अर्ध–खुला स्थानमा प्रभावकारी शीतलता प्रदान गर्छन्।

सिजीले ग्राहकको आवश्यकता अनुसार डेजर्ट, टावर, पर्सनल तथा विन्डो एयर कुलर बजारमा उपलब्ध गराएको जनाएको छ। यी कुलरमा उच्च क्षमताको हनीकम्ब कुलिङ प्याड, आइस च्याम्बर, कम विद्युत् खपत हुने प्रविधि, इन्भर्टरमा समेत सञ्चालन गर्न मिल्ने सुविधा तथा चारैतिर समान रूपमा हावा प्रवाह गर्ने प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार एयर कुलरहरू उच्च तापक्रममा प्रभावकारी शीतलता प्रदान गर्नुका साथै ऊर्जा बचत गर्ने गरी विकास गरिएको हो।

सिजीका एयर कुलर देशभर रहेका सिजी डिजिटल शोरुम तथा आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।