एलजीको ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियान देशव्यापी, नयाँ ‘एसेन्सियल सिरिज’ सार्वजनिक


काठमाडौँ । एलजीले ‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै नयाँ ‘एलजी एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गरेको छ।

सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सार्वजनिक गरिएको नयाँ श्रृंखलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्। कम्पनीका अनुसार यी उत्पादन नेपाली उपभोक्ताको आवश्यकता, जीवनशैली तथा स्थानीय वातावरणलाई ध्यानमा राखेर विकास गरिएको हो।

काठमाडौंमा राष्ट्रिय शुभारम्भ सम्पन्न गरेपछि कम्पनीले अभियानलाई इटहरी, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा विशेष कार्यक्रममार्फत विस्तार गर्ने जनाएको छ। ती कार्यक्रमहरूमा उपभोक्ताले नयाँ उत्पादनको प्रत्यक्ष अनुभव लिनुका साथै तिनका विशेषताबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार नयाँ श्रृंखलामा आधुनिक प्रविधि, ऊर्जा दक्षता, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको छ। रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि, वासिङ मेसिनमा कम पानीको चापमा पनि प्रभावकारी धुने सुविधा तथा एयर कन्डिसनरमा कम विद्युत् खपत हुने प्रविधि समावेश गरिएको छ।

एलजी एसेन्सियल सिरिजका उत्पादनहरू जुन २०२६ देखि नेपालभरका आधिकारिक एलजी ब्रान्ड शोरुम, बहुब्रान्ड बिक्री केन्द्र तथा अनलाइन बिक्री माध्यममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलको मूल्य ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने उल्लेख गरिएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।