काठमाडौँ । स्पेशल प्रि ओसन सेसनमा कालंगा हाइड्रो र सानिगाड हाइड्रोको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कालंगा हाइड्रोको सेयर २९५ रुपैयाँ ४० पैसा र सानिगाड हाइड्रो सेयर २९९ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।
यी कम्पनीहरुको सेयर हिजो अर्थात असार १७ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरूको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।
पहिलो कारोबारका लागि नेप्सेले यी कालंगालाई ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने सानिगाडलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।
कालंगाको ‘केएएचएल’ सेयर टिकरमा कारोबार भएको छ भने सानिगाडले सजीएचएल’ कारोबार संकेत पाएको छ।










प्रतिक्रिया