सीएनआईवाइईएफद्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय सीईओ फोरम सम्पन्न


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘सीईओ फोरमः इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक एक उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्दै युवा व्यवसायिक नेतृत्व, नीतिगत विज्ञ र उद्योगीहरूबिच छलफल भएको हो। छलफलमा नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो ।

प्यानलिस्टहरूमा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी (सुजुकी प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैध (टोयोटा प्रतिनिधि) र सिमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) रहेका थिए ।

कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरे ।

कार्यक्रमको सुरुवात गर्दै सीएनआईवाइईएफकी नेटवर्क एंड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्यमाथि प्रकाश पारिन् ।

त्यसपछि प्रतिनिधि प्यानलिस्ट र सहजकर्ताको परिचयात्मक प्रस्तुति सहित प्यानल छलफल भएको थियो ।

छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो ।

सो अवसरमा आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रतिवधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए ।
छलफलका सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको अमूल्य योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरे ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।