बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?


काठमाडौँ । बुधबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

बुधबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०२७.३८ अमेरिकी डलर र चाँदी ५८.३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।