काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ८ अर्ब रुपैयाँ हाराहारी रहेको दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएको छ । बोर्डले मंगलबार राति सार्वजनिक गरेको ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ मा उक्त कुरा समावेश गरेको हो ।
आगामी १० वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन बोर्डले यो रणनीतिक गुरुयोजना अघि सारेको हो ।
यस्तै बोर्डले कुल गार्हस्थ्य उत्पादन र बजार पुँजीकरणको अनुपात हाल ७० देखि ८० प्रतिशत रहेकोमा त्यसलाई १५० प्रतिशतभन्दा बढी पु¥याउने योजना बनाएको छ ।
यस्तै, बजारमा सूचीकृत कम्पनीहरूको संख्या ५०० भन्दा बढी पु¥याइनेछ , जसमा २०० भन्दा बढी साना तथा मझौला कम्पनीहरू हुनेछन् । हाल करिब ७७ लाख ६६ हजार रहेको डिम्याट खाता संख्यालाई थप विस्तार गरी ठूलो जनसंख्यालाई बजारमा आबद्ध गराइनेछ ।
यो मार्गचित्रलाई तीन चरणमा विभाजन गरेर कार्यान्वयन गरिने बोर्ड जारी जारी कार्गचित्रमा उल्लेख छ । सन् २०२६ देखि २०२७ सम्मको पहिलो चरणमा कानूनी र नीतिगत सुधारका कार्यहरू हुनेछन् ।
सन् २०२८ देखि २०३० सम्मको दोस्रो चरणमा बजार विस्तार र डिजिटल रूपान्तरण सुरु गरिनेछ । सन् २०३१ देखि २०३६ सम्मको अन्तिम चरणमा विदेशी पोर्टफोलियो लगानीकर्तालाई प्रवेश गराउँदै नेपाली पुँजी बजारको पूर्ण अन्तर्राष्ट्रियकरण गरिने कार्यदिशा छ ।










प्रतिक्रिया