काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ३ अर्ब ५५ करोड १ लाख ४४ हजार ५२५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३८ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ५७ करोड २४ लाख ६३ हजार ९८० रुपैयाँ थियो ।
यस्तै, गत आवमा बैंकको सञ्चालन नाफामा पनि सुधार भएको छ । गत आर्थिक वर्षमा यस्तो नाफा ४४.४४ प्रतिशतले वृद्धि भई ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार २५८ रुपैयाँ पुगेको छ ।
बैंकको ब्याज आम्दानी भने घटेको छ । गत आर्थिक वर्षमा ब्याज आम्दानी करिब १० प्रतिशतले घटेर १६ अर्ब ६० करोड ३८ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड २७ लाख ९८ हजार ४३८ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल दायित्व २ खर्ब ६३ अर्ब ६२ करोड २५ लाख ४२ हजार ६१२ रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो आर्थिक वर्षमा १.२० प्रतिशत रहेको खुद खराब कर्जा गत आर्थिक वर्षमा १.०२ प्रतिशतमा झरेको छ ।
प्रतिसेयर आम्दानी २५.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकको वितरणयोग्य मुनाफा गणनाअनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँले ऋणात्मक रहेको छ । साथै, बैंकले सानिमा क्यापिटल लिमिटेडको स्पिन–अफका लागि २०.८५ प्रतिशतको स्पिन–अफ अनुपात स्वीकृत गरिसकेको जनाएको छ ।










प्रतिक्रिया