काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ ।
सोमबार १३ उपसमूहमध्ये ८ उपसमूह बढेका छन् भने ५ उपसमूह घटेका छन् ।
आइतबार १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयरहरु ६३ हजार ६४८ पटकमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँमा किनबेच भएका छन् । शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
सोमबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक ११.७७ प्रतिशतले र माहुली लघुुवित्त ७.१६ प्रतिशतले बढेको छ । यता, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ७.४० प्रतिशतले घटेको छ । त्यस्तै, सालपा विकास बैंक ४..३१ प्रतिशतले र भगवती हाइड्रो ३.३६ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज २७ करोड ६२ लाख ८७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनी २० करोड ८२ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार हुँदा ग्लोबल आइएमई १९ करोड ४९ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया