२१ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे


काठमाडौँ । मंगलबार नेप्से परिसूचक २१.१५५ अंकले घटेर २६६३.१८ विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु रातामे भएका छन् ।

मंगलबार १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयरहरु ५२ हजार २७२ पटकमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

मंगलबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर १०.०७ प्रतिशतले र जोशी हाइड्रोपावर ५.२६ प्रतिशतले बढेको छ । यता, सप्तकोशी विकास बैंकको सेयर मूल्य १३.४३ प्रतिशतले घटेको छ । त्यस्तै, केबिएल डेभेन्चर ६.८३ प्रतिशतले र गुडवील फाइन्यान्स ५.४६ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । हाइड्रोपावरको आज ४० करोड ६६ लाख ९३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको १६ करोड ७७ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेश्नल हाइड्रोपावर १६ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।