काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडको खुद नाफा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा बैंकको नाफा ४.७५ प्रतिशतले बढेको हो ।
बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
ग्राहकहरूबाट सङ्कलित निक्षेप ५.७६ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा वितरण १०.३७ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकको कुल सम्पत्तिको आकार ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया