दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि


काठमाडौँ । बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ ।

आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् ।

बिहीबार १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयरहरु ६० हजार ३८१ पटकमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, कालङ्गा हाइड्रो ४.६२ प्रतिशतले र एनआइबिएल समृद्धि फण्ड ४.०५ प्रतिशतले बढेको छ । यता, एलएस होरिजोनको सेयर मूल्य ६.५० प्रतिशतले घटेको छ । त्यस्तै, मेगा म्युचुअल फण्ड ५.६१ प्रतिशतले र लक्ष्मी भ्यालु फण्ड ५.१० प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ४७ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, आँखुखोला हाइड्रोपावरको २६ करोड ५९ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार हुँदा सोलु हाइड्रोपावर २३ करोड ७९ लाख ६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  १५ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।